क. कैलास प्रसाद ढुंगेल


पकरवास, रामेछाप
जन्ममितिः २०६/०/०
जन्मस्थानः पकरवास गाविस, रामेछाप, नेपाल

शैक्षिक योग्यताः समाज शास्त्रमा स्नातकोत्तर
संगठन सम्बन्धी बिबरणः

  •  २०३५–०३६ सालमा विद्यार्थी आन्दोलनसँग जोडिएर सङ्कल्प परिवारसँगै काम गरेको । जहाँ रामेश, मञ्जुल लगायतको अगुवाइ थियो । सङ्कल्प झिसमिसे, चिनिया, तथा सोभियत संघका राजनीतिक तथा दार्शनिक प्रकाशनहरू अध्ययन गर्ने मौका त्यही बेला प्राप्त ।
  • विद्यार्थी आन्दोलनसँगै तत्कालीन नेकपा मालेको जिम्मेवारी ।
  • २०३९ सालमा नेकपा मालेको जिल्ला पार्टी सक्रिय दलको नेतृत्व गर्दै रामेछापमा पार्टीको पहिलो सह–सचिव  ।
  •  २०४७ युवा संघ नेपालको संस्थापक सदस्य ।
  •  रामेछाप र मोरङ पार्टीको सदस्य भएर जनताको बहुदलीय जनवादका प्रणेता तत्कालीन मालेका महासचिव मदन भण्डारीसँग काम गरेको ।
  •  रामेछाप जिल्लामा ४ पटक पार्टी नेतृत्वमा रहेर काम गरेको ।
  •  २०४८ सालमा नेकपा एमाले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज ।
     भूमिका र उपलव्धीः
  •  २०५४ सालमा तत्कालीन पकरबास गाविसको अध्यक्ष ।
  •  रामेछाप जिल्ला विकास समिति सभापति ।
  • २०६४ र २०७० सालमा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार ।
  •  २०७४ सालमा रामेछाप प्रदेश सभा ख बाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित ।
  •  वाग्मती प्रदेशको पहिलो सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ।
    आन्दोलन र अभियानः
  •  पञ्चायत कालमा भूमिगत अवस्थामा २० महिना भद्रगोल जेलमा बसेको
  •  दर्जनौं पटक पक्राउ र हिरासतमा बसेको ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]