रमेश चन्द्र घिमिरे

२०७२ सालको संविधानको प्रस्तावनामा “समाजवाद उन्मुख राष्ट्र ” भनेर सहमतिका साथ समाजवादको यात्रमा हिडेको नेपालको समाजवादी यात्रा कता जादैछ त? आउनुस केही चर्चा गरौ ।

समजवादलाई आफ्नो लक्ष्य वनाएर जनताविच लोकप्रिय हुने अभियानमा क्रियाशिल नेपालका कम्युनिष्ट पार्टीहरू अस्तित्वमा आएको ७५ स्थापना दिबश मनाउने तरखर गरिरहदाँ यो समाजवादको चर्चा अझ वढि सान्दर्भिक हुनेछ। हुन त संविधानमै राखेर साझा दस्तावेजको रुपमा अगाडि वढेका नेपालका ठुला राजनितीक दलहरू सवैको अभियान यहि नै हुनुपर्ने हो तर यथार्थ भने त्यस्तो देखिदैन । न त दलहरुका मुख्य गतिविधि त्यता केन्द्रित छन् न त जनताले कुनै अनुभूति गर्न सकेका छन। यसो हुनुको कारण भने विश्लेषकहरुका आ आफ्नै होलान। आम रुपमा पपुलिष्ट हुने र सत्ता प्राप्तिकालागि अनेक गठजोड हुने पुजीवादी प्रबृत्ति हावी हुनपुगेको देखिन्छ। मुलत : प्रमुख राजनीतिक दलहरु र तिनले वोकेका दार्शनिक आधारहरु विचमा तादम्यता मिलेको पाईदैन।

आंशिक रुपमा केही केही बिषयहरुमा दार्शनिक आदर्शसंग नजिक हुन खोजेको देखिएता पनि ब्यवहारत दलहरुको राजनिती सत्ता समिकरण तिरै केन्द्रित भएको महशुस गर्न सकिन्छ, चाहे त्यो राजनैतिक र नैतिक रुपमा सम्मानयोग्य होस या आलोचना युक्त ।

साच्चै हामीले हाम्रो यात्रा समाजवादको गन्तव्य तिर लैजाने हो भने केही यस्ता परिवेशहरु छन जुन हाम्रो समाजको धरातलिय यथार्थ हुन, तिनका वारेमा सहि निर्क्याैल निकाल्न जरुरि छ । अन्यथा हामी कुहिरोका काग झै रुमलिरहने छौ , हाम्रो यात्रा गन्तव्य अर्थात समाजवाद तर्फ हुन सक्ने छैन।

१) हामी के हौ? यसको जवाफ खोजौ पहिला हरेकले आफै भित्र, सोचौ, मनन गरौ, परिक्षण गरौ त एक पटक को हौ हामी ………… हिमाली, पहाडी, मधेशी अनि त्यसमा पनि पुर्वेलि, पश्चिमेली, उपत्यका, सुदुर, कर्णाली अब त्यसमा पनि खस आर्य, आदिवासि, दलित, जनजाति, मंगोल, किरात, राजपुत अझै वाहुन, क्षेत्री, मगर , राई, लिम्बू , नेवार, तामाङ, दमाई, सार्की, वा …….. र अर्को पनि जोडिन्छ हिन्दु, वौद्ध, मुस्लिम, क्रिश्चियन, किरात, जैन, शिख वा………। अर्को पाटो पनि छ कम्युनिष्ट, पुजीवादी, राजावादी , क्षेत्रियतावादी वा…….. अर्थात राजनैतिक रुपमा एमाले, काग्रेस, माओवादी, राप्रपा, वा ……… यसर्थ हामी मुल रुपमा नेपाली हुन सकिरहेका छैनौ ।

२) हाम्रो समाजको अवस्था के हो त अर्थात हामी कुन चरणमा छौ? यसको वस्तुनिष्ठ अध्ययन र व्याख्या आवश्यक छ किनकि हाम्रो अहिलेको सामाजिक संरचनाले कता तर्फको भार वहन गरिरहेको छ र अब कता जानू पर्ने हो? हाम्रो देश , अर्ध औपनिवेश र सामन्ति चरणमा नै छ वा पुजीवादी चरणमा प्रवेश गरेको छ? किनकि समाजवादी यात्रा विभिन्न चरणहरुको बिकास पश्चातमात्र सम्भव हुन्छ भन्ने मान्यता र तथ्य रहदै आएको छ।

३) राजनैतिक प्रणालि, मार्गदर्शक सिद्धान्त र नितिहरुको वारेमा पनि चिन्तन गरौ त हामी के के अपनाईरहेका छौ ? ति सहि छन ? हाम्रो आवश्यकता अनुरुप छन त? हाम्रो आरणथिक, सामाजिक, राजनैतिक संरचनाले थेग्न सक्ने छ त? हामीले अभ्यास गरिरहेको लोकतान्त्रिक ब्यबस्था, संघिय शासन प्रणालि, समावेशी, समानुपातिक पद्धतिले कता पुर्याउदै छ हामीलाई ? हाम्रो भुगोल, जनसंख्या, अर्थतन्त्र, राजनैतिक र सामाजिक चेतनास्तर, विश्व परिवेशमा हाम्रो स्थितिको आधारमा यसको विश्लेषण जरुरी छ।

४) शक्ति पृथकिकरणको जुन अभ्यास गरिदै आएका छौ के यो सहि दिशामा छ त? साच्चै शक्ति पृथकिकरणको मूल्य , मान्यता , स्थापित दृष्टिकोणका आधारमा संचातित छ त? सोचौ, हेरौ घटनाक्रम र विषयहरुको यथार्थलाई वैज्ञानिक कोणवाट छलफल गरौ । न्यायपालिका, कार्यपालिका र ब्यबस्थापिका एक अर्काका परिपुरक हुनु पर्ने चेक एण्ड ब्यालेन्स गर्नु पर्नेमा, को वढि शक्तिशाली भन्ने खालको अभ्यास र शक्तिको गलत प्रयोग गर्ने खालको प्रबृत्ति देखिनु सार्है दुखत पक्ष हो ।

५) चौथो अंग र नागरिक समाजको भुमिका वाच डग को जस्तो छ त? यिनिहरु समाजको दर्पण वन्न सकेका छन त? राज्यलाई सहयोग गर्ने भुमिकामा खरो उत्रन सकेका छन त? हेरौ बिगतलाई एकपटक , बिवेचना गरौ के के भयो? यिनिहरु पनि पपुलिष्ट वन्न खोज्ने, आफ्नो टि आर पि र आर्थिक उपार्जन तिर वढि केन्दित हुने, तथ्यमा भन्दा कथ्यमा आधारित हुने समस्या छ भने राज्यको तर्फवाट भएका राम्रा कामका वारेमा भन्दा कमि कमजोरी र अनावश्यक अफवाह फैलाउने र समाजलाई भड्काउने दिशामा यन्मुख भए झै प्रतीत हुन्छ भने अर्कोतिर सत्ताको तावेदारीमा वा कसैलाई उखेल्न मिसन नै वोकेर लागे झै पनि महशुस गराउदछन यदा कदा मुलधारका मिडिया र उच्चकोटिका अभियन्ताहरुले। अनि यसमा राज्ले पनि मिडिया र अभियान्ताहरुलाई नियमन र नियन्त्रण गर्न सकिरहेको छैन । बेलगाम घोडा झै छोडिदिएको अवस्था छ।

यस्ता अनेकौ अवस्थाहरु बिधमान रहेको हाम्रो मुलुक कसरी समाजवादमा फड्को मार्ने कार्यमा सफल होला भन्ने कुराले प्रत्येक देशभक्त र स्वाभिमानी नेपाली चिन्चित हुनु आवश्यक छ। अवि्था अत्यन्त विकराल र भयावह नै हो त? भन्दा होईन , किनकि राजनैतिक र संम्बैधानिक ब्यबस्था जनपक्षिय र अग्रगामी नै छ मुल रुपमा। तर केही अब्यवहारिक र असान्दर्भिक विषयहरु हावी हुदा समस्या वढेको हो जसलाई सम्हालेर अगाडि वढ्ने वाटाहरु प्रसस्तै छन । यसका लागि प्रमुख राजनैतिक दलहरु र तिनका मुख्य नेतृत्वले सचेतनापुर्वक संकल्प गर्ने हो र हाम्रो देश हामी चलाउछौ भन्ने साझा अठोट लिने हो भने सवै विषयहरु सहि दिशामा जानै खासै समय लाग्दैन। यसका लागि हामी सवै नेपाली मिलेर केहि गरौ ता कि हाम्रो भोलिको पुरस्ताले समाजवादको यात्रा पूरा गर्न सकोस । आउनुस हामी प्रण गरौ ,

-हामी देशभक्त र राष्ट्रप्रेमी नेपाली वनौ ।
-राजनितिक प्रणालि र ब्यबस्थामा आवश्यक सुधार गरौ ।
-आर्थिक र सामाजिक सुधारका योजना वनाऔ ।
-लोकतान्त्रिक आचरण र संस्कारको सहि प्रयोग गरौ ।

-कुनै पनि प्रकारको अतिवादको खुलेर बिरोध गरौ ।
-युवा पलायन रोक्ने खास लक्ष्य राखेर योजना निर्माण गरौ ।
-दण्डहिनताको अन्त्य गरि सुसाशनको प्रत्यभुति हुने गरि काम गरौ ।

-बिश्वका राम्रा मोडलहरुको माटो सुहाउदो अनुकरण गरौ , गलत प्रयोगहरुको प्रवेश निषेध गरौ ।
-नेपाली समाजको अवस्था , स्वरुप र चरित्रको वारेमा मुख्य दलहरुको साझा वुझाई वनाउने प्रयास गरौ ।
-कुटनैतिक क्षैत्रमा दल विषेशको सरकार अनुसारको धारणा र नीति होईन राष्ट्रको अवधारणा र नीति वनाई सरकारमा जो भए पनि नीति अनुसारको कार्य गरौ ।
-बिश्वले चिन्ने संरचनाहरुको मद्दतमा राष्ट्रको समृद्धिको रेखा कोरौ ।

अन्तमा, कम्युनिष्ट पार्टी स्थापनाको हिरक महोत्सवको माहोलमा हामी नेपाली संबिधानत समाजवादका यात्री हौ तसर्थ यो वाटोकाे सहि यात्रा कम्युनिष्ट पार्टीवाट सम्भव र सहज हुन्छ भन्ने आम मान्यतालाई आत्मासात गरेर यो सानो प्रयास गरिएको हो पढेर सुझाव र प्रतिक्रिया दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।

झापा, ३० चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताउनुभएको छ ।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभामा प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएको टिप्पणी गर्नुभयो ।

“देश अब कानुनअनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरु, आगजनी गर्नेहरुले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दा कसैले उत्साहित हुनु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनाबाट देखिइसकिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । जनताको अभिमतबाट हामी पुनःसरकारको नेतृत्वमा आएका छौँ । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईंहरु अस्थिरतावादीहरुको कुनै भ्रममा पर्नु पर्दैन ।”

प्रधानमन्त्री ओलीले निर्माण रोकिएका र बन्न बाँकी रहेका भौतिक पूर्वाधार तथा विकासका आयोजनाले अब गति लिने जनाउँदै आगामी बजेट एवं नीति तथा कार्यक्रममा नयाँ ढङ्गले राष्ट्र निर्माणको मार्गचित्र समावेश गरिने बताउनुभयो । नीति तथा कार्यक्रम राष्ट्र र जनताका हितमा केन्द्रित हुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उद्यमशीलताको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउँदै भन्नुभयो “हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा छ । अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको छ ।”
भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्न आगामी संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइने बताउँदै प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबीबाट मुक्त गराउन वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो । फरक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दोहो¥याउँदै एमाले विनाको समृद्ध नेपालको सपना पूरा हुँदैन भन्नुभयो । “एमाले अझ विशाल हुनेछ, जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ”, उहाँले भन्नुभयो ।

कोसी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रियताका साथ परिचालित हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले युवाहरुलाई आफ्नो देश आफैँले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताउनुभयो ।

एमालेले आगामी लोकतन्त्र दिवसका दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवालाई त्यसदिन काठमाडौँ गएर राजतन्त्र पालेको र जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गर्नुभयो । “एमालेको साथमा युवा छैनन् । एमालेमा युवा सिद्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवालाई भेला पार्न सक्दैनन्”, उहाँले भन्नुभयो, “युवाले आफ्नो सामाथ्र्य पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।”

एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराईलगायत सहभागी कार्यक्रममा कोसी प्रदेश इञ्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत वक्ताले मुलुकको समसामयिक अवस्था तथा पार्टी गतिविधिबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]