नेपाल निजामती कर्मचारी संगठनको १३औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कैसाङ दिण्डुप तामाङ

Bagmati

नेपाल निजामती कर्मचारी संगठनको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

सदरमुकाम धुन्चेमा आयोजित १३ औँ अधिवेशनले कैसाङ दिण्डुप तामाङको अध्यक्षतामा १६ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

जसमा गोबिन्द आचार्य उपाध्यक्ष तथा अम्बिका देबकोटा महिला उपाध्यक्षमा चयन भएका छन्। चार्ल्स जंग शाही सचिव, बिर बहादुर बुलुन सह-सचिव, र कृष्ण प्रसाद ढकाल कोषाध्यक्षका रूपमा निर्वाचित भएका छन्।

सदस्यहरूमा छोवाड. दोर्जे तामाङ, राम सागर यादव, हर्क तामाङ, कलम बहादुर शाही, युगेन लेप्चा, अर्जुन सुबेदी चयन भएका छन्।

त्यस्तै केन्द्रिय प्रतिनिधिमा विमल कुमार घिमिरे, मिलन सापकोटा, र ईश्वरी पौडेल, तथा प्रदेश प्रतिनिधिमा खम्बु बोहरा र रन्जना लामा निर्वाचित भएका छन्। नव निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अधिवेशन सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। संगठनले निजामती कर्मचारीहरूको हकहितका लागि आगामी दिनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]