सिन्धुलीः नेकपा एमालेका कार्यवाहक अध्यक्ष इश्वर पोखरेलले नेकपा एमालेलाई लाई आउँदो निर्वाचनपछि एक नम्बरको पार्टी बनाउनेगरी संगठनात्मक गतिविधी अगाडि बढाउनु पर्ने बताउनु भएको छ । नेकपा एमाले सिन्धुली जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहजिकरण गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । पार्टीको बरिष्ठ उपाध्यक्षसमेत रहनुभएका नेता पोखरेलले नेकपा एमालेको दृष्टिकोण, आगामी रणनीति र पार्टी नेताहरुले खेल्नुपर्ने भूमिकाका विषयमा उपस्थित नेताहरुलाई प्रशिक्षित गराउनु भएको थियो ।
जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनोजजंग थापा, कमलजंग राई, उमा कोइराला, सुवास देवकोटा उपस्थित हुनुहुन्थ्यो । जिल्ला उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कणर् घिसिङले उपस्थित नेताहरुलाई स्वागत मन्तव्य राख्नुभएको थियो ।