बीपी मार्ग र सुनकोशीमा बगाएका पुल निर्माण गरी यातायात सञ्चालन गर्न एमालेको माग 

Bagmati

काठमाडौं । रोशी र सुनकोशीको बाढीले क्षति पुर्‍याएको बीपी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन नेकपा एमालेका नेताहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

रामेछाप, सिन्धुली, खोटाङ र उदयपुरका एमाले नेहरुले सोमबार भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई भेटेर बीपी राजमार्ग खुलाउन ध्यानाकर्षण गराउनुभएको हो । उहाँहरूले सुनकोसीले बगाएका विभिन्न पुल निर्माणको काम पनि तत्काल अघि बढाउन अनुरोध गर्नुभएको छ । 

सुनकोसीको बाढीले रामेछापलाई काठमाडौं र तराईसँग जोड्ने खुर्कोट, खेरेनीघाट लगायतका पुल बगाएको छ । नेताहरूले मध्यपहाडी लोकमार्गमा पनि सडक र पुलमा भएको क्षति बारे मन्त्री दाहालको ध्यानाकर्षण गराउँदै सो सडक पनि तत्काल खुलाउन अनुरोध गर्नुभएको छ । 

भेटमा मन्त्री दाहालले आफूलाई क्षतिको बारेमा जानकारी भएको बताउनुभयो । पूर्वी र मध्य नेपालका पहाडी जिल्लालार्ई काठमाडौंसँग जोड्ने बीपी राजमार्ग दशैंअघि नै सुचारु गर्न आवश्यक तयारी सुरु भइसकेको भौतिक पूर्वाधार मन्त्री दाहालले नेताहरूलाई जवाफ दिनुभयो । 

नेकपा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईँ, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, उदयपुर निर्वाचन क्षेत्र नं २ सांसद अमरबहादुर रायमाझी, पूर्व मन्त्री एमाले नेता गणेश पहाडी, ,पूर्व सांसद यज्ञराज सुनुवार, केन्द्रीय सदस्य माधव ढुङ्गेल, वाग्मती प्रदेशका शान्तिप्रसाद पौडेल, रत्न गौतम लगायतको टोलीले सोमबार मन्त्री दाहाललाई भेटेको एमाले रामेछापको प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिनुभयो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]