एमाले ललितपुरले गर्‍यो विपद् प्रतिकार्य तथा राहत संयोजन समिति गठन

Bagmati

असोज १३, ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ललितपुर जिल्लास्तरिय विपद् प्रतिकार्य तथा राहत संयोजन समिति गठन गरेको छ । आज एमाले ललितपुरको जिल्ला कमिटीको आकस्मिक वैठकले जिल्ला पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।

२०८१ असोज १० बिहिवारवाट सुरु भएको अविरल बर्षाले देशका अधिकांश भुभागमा आएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको सन्दर्भमा उक्त समिति गठन भएको हो । समिति अन्र्तगत एमाले बागमती प्रदेश कमिटीबाट ललितपुरका ६ वटा पालिकामा ईन्चार्जको रुपमा जिम्मेवारीमा रहनुभएका ईन्चार्जको नेतृत्वमा सम्वन्धित पालिकाका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, पालिका कमिटी सदस्य, वडा कमिटी अध्यक्ष तथा सो पालिकामा रहेका विभिन्न जनसंगठनका विभिन्न तहमा रहेका नेताहरु सहितको राहत तथा विपद प्रतिकार्य समिति निर्माण गरेको हो ।

आकस्मिक वैठकले २०८१ असोज १४ गते दिउँसो १ वजे जिल्ला पार्टी कार्यालयमा सातदोवाटोमा क्रियाशिल जनसंगठनका केन्द्रीय कमिटी, प्रदेश कमिटीका सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरुको भेला गर्दै स्वयमसेवक दस्ताको निमार्ण गर्ने जनाएको छ ।

यसैगरी वैठकले जिल्ला र मातहत सम्पूर्ण कमिटीहरुद्वारा पूर्व घोषित सम्पूर्ण चाडबाड लक्षित शुभकामना तथा चियापान कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]