माथि माथि तैरिएर पार्टी बन्दैन, मसिनो गरी काम गर्नुपर्छ : माधव ढुङ्गेल

Bagmati

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले हरेक जिम्मेवारीले सिर्जना खोज्ने बताउनुभयो । 

नेकपा एमाले रामेछापको तेस्रो पूर्ण बैठकलाई बिहीबार मन्थलीमा सम्बोधन गर्दै ढुङ्गेलले काम सबैले गर्ने भए पनि अरू भन्दा फरक ढङ्गले काम गरेर पार्टी र समाजमा स्थापित हुनसक्ने बताउनुभयो । जसले आफ्नो विचार र र हरेक कुरालाई अपडेट गरिरहन्छ त्यो सधैँ नयाँ हुने बताउँदै ढुङ्गेलले नेकपा एमाले त्यही काम गरेर सधैँ नयाँ पार्टीको रूपमा स्थापित भएको स्पष्ट पार्नुभयो । 

पार्टी सदस्य पार्टीको मेरुदण्ड भएको बताउँदै ढुङ्गेलले पार्टीका सदस्यहरू प्रतिबद्ध र जनप्रिय हुनु पर्ने बताउनुभयो । जनप्रिय पार्टी सदस्य नभएको पार्टी जनप्रिय नहुने ढुङ्गेलले बताउनुभयो । ‘हाम्रो पार्टीलाई इमानदार कार्यकर्ता भएको पार्टी बनाउनु पर्छ, पार्टी सदस्यलाई अब्बल बनाउन सकिएन भने त्यसले इमानदार नेता छान्न सक्दैन’, उहाँले भन्नुभयो । 

संगठन निर्माणको काम तलसम्म पुगेर गर्नुपर्नेमा ढुङ्गेलले जाड दिनुभयो । यसको लागि सबैभन्दा पहिला जनसंगठनलाई बलिया बनाउने काम गर्नुपर्ने ढुङ्गेलले बताउनुभयो । ‘माथि माथि तैरिएर पार्टी बन्दैन, मसिनो गरी काम गर्नुपर्छ’, उहाँले भन्नुभयो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]