एमाले असफल हुँदा आफ्नै कारणले असफल हुन्छ : गणेश पहाडी 

Bagmati

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य गणेश पहाडीले पार्टी र जनप्रतिनिधिको बिचमा सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभएको छ । 

नेकपा एमाले रामेछापको तेस्रो पूर्ण बैठकलाई बिहीबार मन्थलीमा सम्बोधन गर्दै पहाडीले पार्टी र जनप्रतिनिधि बिच राम्रो सम्बन्ध नहुँदा पार्टी र विकास निर्माण दुवै काम प्रभावित हुने पहाडीले बताउनुभयो । ‘जनप्रतिनिधिलाई खुइल्याउन हामी लाग्यौँ भने पार्टी पनि खुइलिन्छ, जनप्रतिनिधि पनि खुइलिन्छ, पार्टीसँग समन्वय नगर्ने जनप्रतिनिधिले पनि पार्टी बनाउँदैन’, पहाडीले भन्नुभयो । 

नेकपा एमालेले २०८४ मा पार्टीलाई बहुमत सहितको पहिलो शक्ति बनाउने गरी कार्ययाेजना बनाएको उहाँले बताउनुभयो । सोही योजना अनुसार तलसम्म योजना बनाएर काम गर्ने हो भने मिसन २०८४ मा एमालेले सफलता प्राप्त गर्ने पहाडीले बताउनुभयो । ‘असफल भयौँ भने पनि हामी आफ्नै कारणले असफल हुने छौँ, सफल हुँदा पनि आफ्नै कामले सफल हुने छौँ’, पहाडीले भन्नुभयो । 

एमालेसँग दक्षिण एसियाकै सबैभन्दा सुदृढ पार्टी, भरोसायोग्य नेतृत्व र आशा गर्न लायक कार्यकर्ताहरू रहेका उहाँले बताउनुभयो । यस्तो पार्टीले पनि बहुमत प्राप्त गर्न नसके अरू कसैले नेपालमा बहुमत ल्याउन नसक्ने पहाडीको दाबी गर्नुभयो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]