नेकपा एमाले उमाकुण्ड गाउँपालिकाको दोस्रो विस्तारित बैठक सम्पन्न 

Bagmati

रामेछाप । नेकपा एमाले उमाकुण्ड गाउँपालिका कमिटीको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ । 

नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यता र नेकपा एमाले उमाकुण्ड गाउँपालिका अध्यक्ष नवराज खत्री मिलनको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा एमाले रामेछाप जिल्ला कमिटी सदस्य रुद्रमणि नेवार, मनिता सुनुवार लगायतको सहभागिता रहेको थियो । बैठकले ६ जनालाई गाउँपालिका कमिटी सदस्यमा मनोनीत गरेको छ । 

कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य सुनुवारले आपसी सहकार्यबाट मात्र पार्टीलाई अघि बढाउन सकिने बताउनुभयो । राजनीति सबै क्षेत्रसँग जोडिएकोले अन्य क्षेत्र सुधारको लागि सबैभन्दा पहिला राजनीति नै सुध्रिनु पर्ने सुनुवारले प्रष्ट पार्नुभयो । उहाँले सामाजिक सञ्जालमा धैर्यता र सावधानी अपनाउन पनि आग्रह गर्नुभयो । 

जिल्ला कमिटी सदस्य रुद्रमणि नेवारले युवा, महिला तथा पछाडि पारिएका समुदायलाई समेत पार्टीमा जोडेर लैजानु पर्ने बताउनुभयो । उहाँले पार्टी भित्रको समस्या पार्टीमा नै बसेर छलफल गर्नुपर्ने स्पष्ट पार्नुभयो । पार्टीको समस्या सामाजिक सञ्जालमा लेखेर विरोधीलाई नहँसाउन उहाँले आग्रह गर्नुभयो । 

अर्का जिल्ला कमिटी सदस्य मनिता सुनुवारले बाहिर कुरा गर्नु र कमिटीमा बसेर काम गर्नु फरक हुने बताउनु भयो । उहाँले संगठनमा बसेर काम गर्दा जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा अध्यक्ष एवं गाउँ पार्टी नवराज खत्रीले संगठन निर्माण र सुदृढीकरण अभियानमा सबैको साझेदारी आवश्यक रहेको बताउनुभयो । बताउन सक्रिय हुन उहाँले दसैँ तथा तिहार लगायतका पर्वको अवसरमा नेपाका एमाले उमाकुण्ड गाउँपालिका कमिटीले आउने कात्तिक १४ र १५ गते भलिबल प्रतियोगिता आयोजना गर्ने बताउनु भयो । 

सोही कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेलाई एमालेमा स्वागत गरिएको थियो । नेताहरूले खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]