काठमाडौं । नेकपा एमालेको रामेछाप-काठमाडौं सम्पर्क मञ्च कार्ययोजना अनुसार काम गर्ने देशकै उत्कृष्ट कमिटी बन्न सफल भएको छ ।
मञ्चको मुल्यांकन कमिटीका सहसंयोजक ठानेश्वर बस्यालको संयोजकत्वमा गठित मुल्यांकन कमिटीले ७४ जिल्ला सम्पर्क मञ्च तथा सात प्रदेश सम्पर्क कमिटीको कामको आधारमा मूल्यांकन गरेको थियो । सो मूल्यांकनमा रामेछाप-काठमाडौँ सम्पर्क मञ्च जिल्ला सम्पर्क मञ्चहरूमा प्रथम भएको हो । त्यस्तै गुल्मी—काठमाडौँ सम्पर्क मञ्च द्वितीय र ओखलढुङ्गा-काठमाडौँ सम्पर्क मञ्चले तृतियस्थान प्राप्त गरेका छन् ।
सात प्रदेशहरूमा प्रथम स्थान वाग्मती प्रदेश सम्पर्क कमिटीले प्राप्त गर्दा लुम्बिनी प्रदेश सम्पर्क कमिटी द्वितीय र कोशी प्रदेश सम्पर्क कमिटी तृतीय भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञवाली, विशेष अतिथि शाक्य, स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डितले बधाई तथा शुभकामना दिएका थिए ।