पिपिएलए ललितपुरको नयाँ नेतृत्वको पदभार हस्तान्तरण

Bagmati

असोज ४, ललितपुर ।

प्रगतिशिल तथा पेशागत कानुन ब्यबसायी संगठन (पिपिएलए) ललितपुरको निर्वाचित नयाँ नेतृत्वलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गत महिना सम्पन्न पिपिएलएको चौथो जिल्ला अधिवेशनबाट निर्वाचित समितिलाई पदभार हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा पिपिएलएका केन्द्रीय उपाध्यक्ष अधिवक्ता शोभा बुढाथोकी, महासचिव अमर थापा, ललितपुरका निवर्तमान अध्यक्ष अधिवक्ता सुशील पोखरेल आदिको उपस्थिति थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष अधिवक्ता मोहन कुमार अधिकारीको नेतृत्वलाई शुभकामनासहित पुरानो समितिले हस्तान्तरण गरेको हो ।

चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिमा अध्यक्ष अधिवक्ता मोहन कुमार अधिकारी, उपाध्यक्ष चन्द्र बहादुर महर्जन, सचिब धर्म सिंह कार्की, सहसचिव शारदा गुरुङ, कोषाध्यक्ष सहदेब खत्री सहित ११ सदस्यीय जिल्ला समिति निर्वाचित भएको थियो ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]