एमाले रामेछापको संयुक्त बैठक : जरा अभियान, विधान संशोधन र पार्टी कामबारे छलफल

Bagmati

रामेछाप, भादौ ६ । नेकपा एमाले रामेछाप प्रदेश कमिटी सदस्य, जिल्ला पदाधिकारी, जराकेन्द्रित पार्टी अभियानका उत्प्रेरक र पालिका कमिटी अध्यक्षहरुकाे संयुक्त बैठक सम्पन्न भएकाे छ ।

बैठकमा जरा अभियानको रिपोर्ट, प्रस्तावित विधान संशोधन र आगामी पार्टी गतिविधिबारे विस्तृत छलफल भएको छ।

जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडेरियाकाे अध्यक्षता तथा  पाेलिटब्युराे सदस्य कमल चौलागाईँकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यत्रःमकाे सञ्चालन पार्टी सचिव प्रकाशकुमार कार्कीले गर्नुभएकाे थियाे । बैठकमा सहभागिलाई जिल्लक कमिटि उपाध्यक्ष होतराज ढकालले स्वागत गर्नु भएको थियो।  कार्यक्रमममा केन्द्रीय सदस्य माधव ढुङ्गेल र गीता कार्कीको पनि उपस्थिति थियो।

कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू शान्ति पौडेल, प्रेम तामाङ, वाग्मती प्रदेश सभा उद्याेग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, खाँडादेवी गाउँ पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, मन्थली नगरप्रवक्ता गोपाल श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु तथा अभियानका उत्प्रेरकहरु  गङ्गा कार्की, दीपशिखा दाहाल, सिता खत्री, हर्कमाया माझी, केशरबहादुर बुढाथाेकी,पर्शुराम बस्नेत, रमेश बस्नेत, ध्रुव कार्की, भुवन घिमिरे, खड्ग सुनुवार, ईलक तामाङ, रामबाबु घिमिरे, रोशन पाख्रिन, प्रेम लामा,  दीपक कार्की,  रुद्रमणि नेवार लगायत सम्पूर्ण पालिका र वडा संगठनका प्रतिनिधिहरूले रिपोर्ट प्रस्तुत गर्नुभएकाे थियाे ।

बैठकमा सहभागीहरूले हाल पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट प्रहार भइरहेको परिस्थिति उल्लेख गर्दै, त्यस विरुद्ध दृढतापूर्वक उभिनुपर्ने निष्कर्ष निकाल्नु भएकाे छ। उहाँहरूले केन्द्रको नीति, निर्णय र निर्देशनको पक्षमा अडिग रहनुपर्ने आवश्यकता औंल्याउनुभयाे।

बैठकले तीन महिने वडा–केन्द्रित अभियान ‘जरा अभियान’ अन्तर्गत प्राप्त उपलब्धि र देखिएका चुनौतीबारे समीक्षा गरेको छ। साथै प्रस्तावित विधान संशोधनमाथि सदस्यहरूले धारणा राख्दै संगठन सुदृढीकरणमा त्यसले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएकाे छ ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]