काठमाडौ: नेकपा (एमाले) बागमती प्रदेश कमिटी सचिवालयको आठौ पुर्ण बैठक आज सम्पन्न भएको छ । पार्टीका अध्यक्ष कैलाश प्रसाद ढुंगेलको अध्यक्षता र पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकलाई प्रमुख अतिथिको रुपमा सम्वोधनगर्दै महासचिव पोखरेलले विधानको तीन महल तल छलफलको लागि पठाइएको जानकारी दिनुभयो । उहाँले पार्टी कमिटी भन्दा बाहिर रहेका नेकपा (एमाले) का जिम्मेवार कार्यकर्ता र सदस्यहरुको पनि यो विधान संशोधनमा सुझावहरु संकलन गर्ने वातावरण निर्माण गर्न प्रदेश र जिल्ला कमिटीहरुलाई निर्देशन दिनुभयो ।
उहाँले बैठकमा प्रष्टपार्दै विधान महाधिवेशनमा सभामुखको पार्टी सदस्यता स्थगन हो, राष्ट्रपति विद्यादेवी भण्डारीको संगठित सदस्यता भने परित्याग भएको बताउनुभयो ।
उहाँले अहिले यह िविषयलाई फरक ढंगले उचालिएको बताउँदै राष्ट्रपतिको संवैधानिक भूमिका फरक विषय भएको उल्लेख गर्नुभयो । दुई कार्यकालको विषय पार्टीको दशौं महाधिवेशनलेनैं हटाएको बताउँदै महासचिव पोखरेलले पार्टीमा ७० वर्ष उमेरको हदवन्दी मुकुन्द न्यौपानेको प्रवेश संगै केन्द्रीय कमिटी सदस्य बनाउने सन्दर्भमा केन्द्रीय कमिटीको बैठकले एक मतका साथ स्थगन गरिएको हो तर त्यसलाई केही साथीहरुले उछालीरहनु भएको उल्लेख गर्नुभयो ।
एमाले स्थायी समिति सदस्य एवम् बागमती इन्चार्ज डा. राजन भट्टराईले पार्टी कामलाई व्यवबस्थित ढंगले अगाडि बढाउन बैठकमा सहभागी जिल्ला अध्यक्षहरुलाई निर्देशन दिनुभयो । उहाँले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन गर्नु अहिलेको आवश्यक्ता रहेकोमा जोड दिनुभयो ।
पार्टी सचिव नवराज सिलवाल सिलवालले सञ्चालन गर्नुभएको बैठकमा उपस्थित सबै सचिवालय सदस्य र जिल्ला अध्यक्षहरुले रिपोर्टिङ सहित विधान संसोधनमाथी आफुलाई लागेको कुरा राख्नुभएको प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।
प्रतिक्रिया