काठमाडौँ: अविरल वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पु–याएको घटनाप्रति चिन्तित हुँदै नेकपा एमाले बागमती प्रदेश कमिटीले सक्रिय रुपमा उद्धार र राहतमा खटिन निर्देशन गरेको छ । कमिटीका उपसचिव एवं प्रचार एवं प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कमिटी, जनवर्गीय संगठन, मातहतका कमिटीका सम्पूर्णलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन गर्नुभएको हो ।
उपसचिव लामाद्वारा जारी विज्ञप्तिमा बाढीले भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार, राहत र बेलपत्ताको खोजीका लागि सरकारसँग जोडदार माग गरिएको छ । गए रातीको अरविरल वर्षाको कारण चीनको तिब्बत क्षेत्रबाट बग्ने लेन्दी खोलामा उर्भिएको बाढीले नेपाल–चीन जोड्ने मिलेरी पुल लगायत अनुमानित सयभन्दा बढी गाडीहरु बगाएको र महत्वपूर्ण संरचनाहरुमा गम्भीर क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया