सिन्धुली: नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिन्धुलीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्ती मनाएको छ । जिल्ला पार्टी कार्यालयमा माल्यार्पणगरी जन्मजयन्ती मनाएको एमाले प्रचार विभाग सिन्धुलीले जनाएको छ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य उमा कोइराला, एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
नेताहरूले मदन भण्डारीको तस्वीरमा माल्यार्पण गर्दै उहाँको योगदानको स्मरण गर्नुभएको थियो भने .उहाँको विचारलाई पछ्याउँदै पार्टीलाई सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता महेन्द्रदेव श्रेष्ठले गर्नुभएको थियो ।
प्रतिक्रिया