सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीले १८ औं गणतन्त्र दिवशको अबसरमा आज साँझ दिप प्रज्वलन गरेको छ । सिन्धुली स्थित लोकतान्त्रिक चोकमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्वोधनगर्दै नेकपा एमालेका केन्द्रीय सदस्य कमलजंग राईले नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध कोही कसैले पनि धावा बोल्न नसक्ने बताउनुभयो ।

उहाँले राजा ल्याउन भन्दै सडकमा उफ्रदैंमा मरिसको राजतन्त्र नफर्कने र गणतन्त्रलाई समाप्त नहुने प्रष्ट पार्नुभयो । नेकपा एमाले सिन्धुलीका कार्यबहाक अध्यक्ष कर्ण घिसिङले राजवादीहरुको आन्दोलनले मरिसकेको राजतन्त्र फर्काउँछौं भन्ने दिवा स्वप्ना मात्रै भएको बताउनुभयो । एमाले कमलामाई नगर इन्चार्ज एवम् वागमती प्रदेश कमिटी सदस्य बिनोद खड्काले गणतन्त्रको बिकल्प राजतन्त्र हुनै नसक्ने बताउनुभयो ।


प्रतिक्रिया