काठमाडौं: नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । चर्चित साहित्यकार र लेखकसमेत रहनुभएका नेता नेपालको ७१ वर्षको उमेरमा उहाँको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित हुनुहुन्थ्यो । स्वास्थयका कारण पछिल्लो समय राजनीतिबाट निष्क्रिय रहनुभएका नेता नेपाल मिलनसार, कामकाजी र हक्की नेताका रुपमा स्थापित हुनुहुन्थ्यो ।
आफूले पाएको जिम्मेवारी सदा पूरा गर्नुहुने नेपाल २०५१ सालमा बनेको मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय ९ महिने सरकारको सञ्चार मन्त्री हुनुहुन्थ्यो । केहीदिन अघि अस्पताल भर्ना भएका उहाँलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।
यसैबीच नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले सामाजिक सञ्जाल मार्फत स्वर्गीय नेता नेपालप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया