
रामेछाप । भूमि अधिकार तथा श्रमिक संगठन नेपाल रामेछापको दोस्रो जिल्ला सम्मेलन मन्थलीमा सम्पन्न भएको छ ।
सम्मेलनले गङ्गाबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा दिनेश घिमिरे, सचिवमा सुरेश माझी, सहसचिवमा सरोज दर्लामी र कोषाध्यक्षमा उर्मिला मुग्राति निर्वाचित हुनुभएको छ ।
संगठनका अध्यक्ष गङ्गाबहादुर श्रेष्ठको अध्यक्षता तथा नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्की, जिल्ला कमिटी सदस्य गोपीलाल बसेल, सुन्दर घिमिरे, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य रत्नप्रसाद कँडेल लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य बलबहादुर माझी, टक घतानी, सिताराम वाइबा, रामेछाप नगरपालिका कमिटी अध्यक्ष रोशन पाख्रिन लगायतको सहभागिता थियो ।
प्रतिक्रिया