काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब तानासाही राजतन्त्र नफर्किने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानासाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभयो । गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले लोकतान्त्रिक व्यवस्थाको विरोध गरिरहेका ओलीले बताउनुभयो ।
उनीहरूले जे मा पनि नकारात्मकता देख्ने गरेको उल्लेख गर्दै उहाँले उनीहरूको भ्रमका पछि नलाग्न आग्रह गर्नुभयो । जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन ओलीले आग्रह गर्नुभयो ।
उहाँले स्याल हुइयाँ गरेर केही नहुने बताउँदै उनीहरूको हुइयाँको पछि कोही नलाग्ने स्पष्ट पार्नुभयो । ‘अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ, त्यस्ता प्रवृत्तिका विरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङ्ग्रो बजाउनुपरेको छ, यो काममा तपाइहरू लाग्नुहोला’, ओलीले भन्नुभयो ।
राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरूलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट गर्नुभयो ।
प्रतिक्रिया