रामेछाप: नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १९औँ स्मृति दिवस रामेछापमा उहाँ प्रति श्रद्धाञ्जली अर्पण गर्दै मनाइएको छ ।
मन्थलीको मनमोहन स्मृति पार्कमा स्मृति दिवस मनाइएको हो । नेकपा एमाले मन्थली नगरपालिका–१ नं वडा कमिटीको आयोजनामा भएको कार्यक्रममा मनमोहनका सालिकमा माल्यार्पण गरिएको थियो ।
उहाँको सालिकमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, नेकपा एमालेका जिल्ला कमिटीका नेताहरू, पत्रकार, विद्यार्थी लगायतले माला तथा पुष्पगुच्छा अर्पण गर्नुभएकाे नेकपा एमाले मन्थली नरपालिका–१ नं वडा कमिटी अध्यक्ष तीर्थ सुवेदीले जानकारी दिए ।
मनमोहन अधिकारीलाई आदर्शवान्, सादगी, राष्ट्रप्रेमी, सत्य र निष्ठावान् नेता मानिन्छ । २०५१ सालमा अधिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुँदा नेपालमा ज्येष्ठ नागरिक भत्ताको कार्यक्रम सुरु भएको थियो । अधिकारीकै पालामा आफ्नो गाउँ, आफैँ बनाऊँ लगायतका लोकप्रिय कार्यक्रम आएक थिए । अधिकारी सुरु गर्नु भएकाे तिनै कार्यक्रमक कारण नेपालमा कम्युनिष्ट लोकप्रिय भएका हुन्।
अधिकारी दक्षिण एसियामा नै पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री पनि हुनुहुन्छ। अधिकारीको जन्म १९७७ साल जेठ २८ गते भएको थियो भने २०५६ बैशाख १३ गते निधन भएको थियो ।
प्रतिक्रिया