युथ सेलिब्रेशन: भोलि काठमाडौंमा ४० वर्ष मुनिका एक लाख युवा सहभागी हुने

Bagmati

काठमाडौं: नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा भाेलि काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको गर्दैछ।

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिशेष कार्यक्रम गर्न लागेको हो। भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको युवा संघका अध्यक्ष क्षितिज थेवेले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ। यो लोकतन्त्रको उत्सवको रुपमा युवाहरु अघि बढ्नुपर्छ। एमालेको ४० वर्षमुनिका युवाहरु सहभागी हुन आएका छौं। तयारी अन्तिम चरणमा पुगिसकेका छौं। भोलि एक लाख युवाहरुलाई हामी स्वागत गर्दैछौं।’

उहाँले भोलि एक लाख युवाहरुले देश बनाउँछु भन्ने संकल्प गरेर अघि बढ्ने बताउनुभयो । भोलिको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]