पूर्वराजा ज्ञानेन्द्रलाई कारबाहीको दायरामा ल्याउनु पर्छ : कैलाश ढुङ्गेल 

Bagmati

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प बोकेर हिँडेको पार्टी भएको बताउनुभएको छ । 

शुक्रबार नेकपा एमाले चितवनको भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले नेपाली जनताले खरानी बनाएर बगाएको राजतन्त्रको भूत बनेर अहिले मण्डलेहरू सडकमा निस्किएका बताउनुभयो । ढुङ्गेलले हत्या र लुटपाट मच्चाउने राजतन्त्रका भूतहरू माथि कानुनी कारबाही सुरु भइरहेको बताउँदै त्यसका नाइके पूर्वराजा ज्ञानेन्द्रलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने उहाँको धारणा छ । ‘पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सेवा सुविधा कटाउनु पर्छ, कारबाहीको दायरामा ल्याउनु पर्छ’, उहाँले भन्नुभयो । 

नेकपा एमाले राष्ट्रको लुटिएको स्वाभिमान र लुटिएको धर्ती फिर्ता ल्याउने पार्टी भएको उहाँले बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्सा पास गराएर एमालेले लुटिएको धर्ती फिर्ता ल्याउने काम गरेको उहाँले स्पष्ट पार्नुभयो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]