काठमाडौं: उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले पत्रकारले राष्ट्र निर्माणको लागि योगदान गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै उपप्रधानमन्त्री पौडेलले सरकारले गरेका सकारात्मक कामको प्रचार सुधार गर्नुपर्ने क्षेत्रमा सुझाव दिन आग्रह गर्नुभयो । मन्त्रालयमा आयोजित कार्यक्रममा पौडेलले पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले सरकार पत्रकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो । प्रेस चौतारी नेपाललाई आवश्यक सहयोग र सहकार्य गर्न सकार तयार रहेको पौडेलले जानकारी दिनुभएको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डे लगायतका पदाधिकारीहरू, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत लगायतको सहभागिता थियो ।
प्रतिक्रिया