
दोलखा । नेकपा एमाले दोलखाले गणतन्त्रका पक्षमा नागरिकलाई सचेत बनाउन चरिकोटमा जागरण सभा गरेको छ ।
चरिकोट सात दोबाटो चोकबाट निस्किएको र्याली बजार परिक्रमा गरी पुनः सात दोबाटो चोकमा आएर जागरण सभामा परिणत भएको हो । सभा सुरु गर्नु अघि पाटीखोला, नयाँ बसपार्क, पशुपतिडाँडा लगायतबाट बाजागाजा, सहित मोटरसाइकल र्याली निकालिएको थियो ।
सात दोबाटो चोकमा भएको कोणसभालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङ र वाग्मती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले सम्बोधन गर्नुभएको थियो । उहाँहरूले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको थियो ।
कार्यक्रममा एमाले नेताहरू डबल पाण्डे, भरतबहादुर केसी, कालिका पाठक, रोजकुमारी चौलागाईँ लगायत सहभागी हुनुहुन्थ्यो ।
लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका लागि एमाले दोलखाले जागरण सभा आयोजना गरेको एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया