मकवानपुर एमालेद्वारा गणतन्त्रको पक्षमा जागरणसभा

Bagmati

मकवानपुर: नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । हेटौंडाको मुख्यबजार लोकतान्त्रिक चोकमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जागरण सभाको आयोजना गरेको हो । सभा सुरु हुनु अगाडी हेटौंडा बजारको चारैतिरबाट र्याली निकालिएको थियो ।

आज हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निस्किएर मेनरोडको लोकतान्त्रिक चोकमा कोणसभा गरिएको थियो । सभालाई संबोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरुलाई कानून बमोजिम कार्बाही गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमिण पौडेलले राजावादीहरुको अराजकताले सिमा नाघेको बताउनुभयो । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोख्रेलले बताउनुभयो । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको हो ।

यसैगरी गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा जनमानसलाई सचेत पार्नका लागि आज नेकपा एमालेले हेटौँडामा आयोजना गरेको जागरण सभा अन्तर्गत मनहरीबाट हेटौँडासम्म मोटरसाइकल ¥याली गरिएको छ । नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापनमा मोटरसाइकल ¥याली गरिएको हो ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]