सिन्धुपाल्चोक: प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट विदुर आचार्यको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । नेकपा एमाले नेता स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उद्घाटन गर्नुभएको अधिवेशनले सागर खड्का र गोमा खत्रीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।
सचिवमा दिपिन ढुङ्गाना, सहसचिवमा सुशील सुवेदी र सुनिता लामा निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्ष विशाल आचार्य चुनिनु भएको छ । सदस्यहरूमा जनार्दन नेपाल, सहदेव ढुङ्गाना, प्रमीला विक र मधुसूदन ढुङ्गाना निर्वाचित हुनुभएको छ ।
केन्द्रीय प्रतिनिधिमा माधव नेपाल, टिका सुवेदी र सुनिता रखाल मगर निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा देवराज सुवेदी, सागर खड्का र गोमा खत्री निर्वाचित हुनुभएको छ । अधिवेशनलाई प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामा लगायतले सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया