दोस्रो  पियु अखिल कप फुटसलको उपाधि एनसिआइटी कलेजले जित्याे

Bagmati

काठमाडौं । अनेरास्ववियु पोखरा विश्वविद्यालय (पियू) राष्ट्रिय कमिटीले आयोजना गरेको दोस्रो पियु अखिल कप फुट्सलको उपाधि पोखरा विश्वविद्यालय अन्तर्गत एनसिआइटी कलेजले  जितेको छ । 

ललितपुरको च्यासल स्थित नेसनल स्पोर्टस् सेन्टरमा  भएको फाइनल खेलमा एनसिआइटी कलेजले लिबर्टी कलेजलाई पराजित गर्दै विजेता बन्न सफल भएको हो । खेलमा लिबर्टी कलेज उपविजेतामा बनेको छ । प्रतियोगितामा विभिन्न विश्वविद्यालयका २० कलेजले सहभागिता जनाएका थिए । 

प्रतियोगिताको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको थियो भने समापन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  

प्रतियोगिताको विजेता एनसिआइटी कलेजले नगद ६० हजार रुपैँया सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता लिबर्टी कलेजले नगद ४० हजार रुपैँया सहित ट्रफी, मेडल, र प्रमाणपत्र पाएको छ । 

कार्यक्रममा अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष तथा कार्यक्रम संयोजक उमेश भण्डारीले प्रतियोगितालाई भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले विद्यार्थीबिच एकता र सहयोगको भावना विकास हुनुका साथै प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल  हुने उहाँले बताउनुभयो । 

 दोस्रो पीयू कप फुटसल प्रतियोगिता विद्यार्थीहरूबिच खेलकुदको माध्यमबाट एकता र सहकार्यको सन्देश दिन सफल भएको अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं पोखरा विश्वविद्यालयका इन्चार्ज भरत सिंह धामीले बताउनुभयो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]