मानव अधिकार एलाइन्स रामेछापको जिल्ला अधिवेशन पुस २६ गते

Bagmati

रामेछाप । मानव अधिकार एलाइन्स रामेछापको जिल्ला अधिवेशन पुस २६ गते हुने भएको छ । 

एलाइन्सको सोमबार बसेको बैठकले एलाइन्सको अधिवेशन पुस २६ गते मन्थलीमा गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष थिरबहादुर थापा रविनले जानकारी दिनुभयो । 

नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा एलाइन्सका केन्द्रीय सदस्य रत्नप्रसाद कँडेल समेतको उपस्थितिमा भएको बृहत् बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । 

बैठकले अध्यक्ष थापा मगरको संयोजकत्वमा अधिवेशन मूल आयोजक तथा व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ । त्यस्तै सचिव सुमन बोहराको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तयार गर्ने समिति, कोषाध्यक्ष शर्मिला भण्डारीको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति बनाउने निर्णय गरेको छ । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]