अनेरास्ववियु रामेछापले तीनलाल स्मृति पुरुष कप भलिबल र विद्यार्थी महोत्सव गर्ने 

Bagmati

रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपालमा व्यवस्था परिवर्तनको आन्दोलनका सहिद गंगालाल श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल र नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अर्थात् तीनलालको स्मृतिमा मन्थलीमा तीनलाल स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

तीनलालको जन्मस्थल रामेछापमा उहाँहरूको योगदानको कदर सहित स्मरणका लागि खेलकुदका माध्यमबाट मुलुकभर सन्देश प्रवाह गर्ने उद्देश्यले तीनलाल स्मृति कप २०८१ (अण्डर २०) खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिनुभयो । प्रतियोगिता आउने माघ २१ देखि २३ गते मन्थलीमा आयोजना गर्ने निर्णय भएको छ । 

त्यस्तै आउने चैत महिनाको दोस्रो साता दोस्रो विद्यार्थी महोत्सव गर्ने पनि बैठकले निर्णय गरेको छ । अनेरास्ववियु रामेछाप जिल्ला कमिटीले २०८ सालको भदौमा प्रथम विद्यार्थी महोत्सव आयोजना गरेको थियो ।

संगठनको बैठकले जिल्लामा सञ्चालित माध्यमिक तहका सम्पूर्ण शैक्षिक संस्था र क्याम्पसहरूमा संगठन निर्माण गरी अवधि पुगेका पालिकाहरूको दोस्रो अधिवेशन माघ मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ  । सो कार्यका लागी सम्बन्धित पालिका इन्चार्ज, अध्यक्ष र संयोजकसँग समन्वय गर्दै संगठन निर्माण गर्ने जिम्मेवारी समेत तोकेको छ ।  

स्ववियु निर्वाचन तोकिएकै मितिमा गराउन क्याम्पस प्रशासनसँग अनुरोध गर्ने र दबाब सिर्जना गर्ने  निर्णय पनि बैठकले गरेको छ ।  स्ववियु निर्वाचनको तयारीमा जुट्न सबै कमिटीलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । 

अनेरास्ववियु रामेछापको १३ औँ जिल्ला अधिवेशन र पालिका कमिटीको दोस्रो अधिवेशन पश्चात् भएको गतिविधि, क्रियाशीलता, पारदर्शिता र संगठन निर्माणको अवस्था हेरि पहिलो उत्कृष्ट पालिका कमिटी मन्थली नगर कमिटी र दोस्रो खाँडादेवी गाउँ पालिका कमिटीलाई घोषित गर्ने निर्णय पनि बैठकले गरेको छ । यसको साथै अब महिना संगठन सुदृढीकरण र सबलीकरण अभियान चलाउने निर्णय बैठकले गरेको छ । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]