
दोलखा, भदौ ३ । नेकपा एमाले दोलखा जिल्लाको सातौँ पूर्ण बैठक मंगलबार चरिकोटमा सम्पन्न भएको छ । बैठकमा पार्टीको विधान संशोधनका विषयमा विभिन्न सुझाव दिइएको छ भने जिल्लामा सञ्चालन भएका अभियानहरूको समीक्षा सहितका राजनीतिक निर्णय गरिएको छ ।

बैठक पार्टी पोलिटब्युरो सदस्य पार्वत गुरुङको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा जिल्ला स्तरीय संगठन सुदृढीकरण, पार्टीका गतिविधि र विधान महाधिवेशनलाई लक्षित तयारीबारे छलफल गरिएको थियो ।बैठकमा भएका निर्णयहरू सार्वजनिक गर्न बुधबार बिहान ९ बजे पत्रकार सम्मेलन आयोजना गरिने भएको छ । उक्त पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य गुरुङको प्रमुख आतिथ्यता रहने उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो ।
प्रतिक्रिया