एमाले मकवानपुरद्धारा बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण

Bagmati

मकवानपुर: नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागको आयोजनामा बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले मकवानपुरले प्राकृतिक प्रकोप तथा अन्य बिपद प्रतिकार्यमा उद्दार, राहत तथा पुनस्थापनाको काममा स्वयंसेवकीय भुमिका निर्वाह गर्न जिल्ला स्तरमा ६५ जनाको स्वंमसेवक टोलि तयार गरिएको हो । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठन तथा पार्टी कमिटीका ६५ जना स्वंमसेवकलाई तालिम प्रदान गरिएको थियो ।

तालिम प्राप्त स्वंमसेवकले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरण कार्यमा पार्टी पङ्क्तिलाई परिचालित गर्नेको लागि आबस्यक योजना निर्माण गरि जिल्लामा बाढि, पहिरो, डुवान,आगलागी, हुरि बतास लगायतको प्राकृतिक प्रकोप तथा अन्य बिपदमा स्थानिय प्रशासन एवं स्थानिय सरकारसङ्ग समन्वय एवं सहकार्य गरेर स्वंमसेवक परिचालन गर्ने नेकपा एमाले मकवानपुरले जनाएको छ ।

बिभागका प्रमुख शिबहरि दाहालको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य सुमित्रा काफ्ले, नेकपा एमाले जिल्ला सचिब सीता बिष्ट, जिल्ला जनसंगठन संयन्त्र प्रमुख सन्तोस पौडेल,जिल्ला बन तथा बाताबरण बिभाग प्रमुख पन्चमाया स्याङ्गतान, जिल्ला स्वास्थ्य बिभाग प्रमुख उत्सब चौलागाईंले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]