काठमाडौः नेपाल (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको विभाग र जनसंगठनमा रहनु भएका सबै नेताहरुलाई जिम्मेवार ढंगले पार्टी कामममा लाग्न निर्देशन दिनुभएको छ ।
नेकपा एमाले बागमती प्रदेशद्धारा बुधवार आयोजित विभागीय प्रमुख, सचिव र जनसंगठनका प्रमुख एवम् सचिवहरुको संयुक्त बैठकलाई सम्वोधनगर्दै उक्त निर्देशन दिनुभएको हो । ‘हामी पार्टीका नेताहरूलाई पदीय जिम्मेवारी दिने अर्थमा मात्र संगठन बनाइरहेका छौँ, काम गर्न समुदायमा पुग्ने हिसाबले संगठन निर्माण भएकै छैन, हाम्रा जनसंगठन पार्टीका नेताहरूलाई व्यवस्थापन गर्ने थलो भएका छन्’, पोखरेलले भन्नुभयो ।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै महासचिव पोखरेलले जनसंगठनमा बस्ने, काम नगर्ने, विभागमा बस्ने तोकिएको जिम्मेवारी पुरा नगर्ने, अखिलको नेता हुने क्याम्पस जनाने, समुदायको नेता हुँ भन्ने समुदायमैं नजाने अबस्थाले अहिले पार्टीमा समस्या ल्याएको बताउँदै उहाँले आ–आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो ।
उहाँले जिम्मेवारीमा रहनुभएका सबै नेताहरु नियमित रुपमा समुदायमा पुग्ने होभने जनस्तरमा पार्टी बलियो हुने बताउँदै सबै जनसंगठनका नेताहरुलाई जिम्मेवारी अनुसारको काम गर्न सुझाउनुभयो । पार्टी र संगठन निर्माणको बारेमा गम्भीर भएर सोच्ने बेला आएको उहाँले बताउनुभयो । ‘पार्टीको राजनीतिले मात्र जनाधार विस्तार हुँदैन, त्यसलाई समुदायमा आधारित बताउनु पर्छ’, पोखरेलेले भन्नुभयो ।
पार्टीमा नभएका मानिसहरूलाई पार्टीमा ल्याउने आधार बनाउन जनसंगठन बनाइएको उहाँले बताउनुभयो । पार्टी सदस्यलाई मात्र संगठित गर्न जनसंगठन आवश्यक नै नपर्ने उहाँले बताउनुभयो । पार्टी सदस्य नभएकालाई पार्टीसँग जोड्नको लागि जनसंगठनले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जनताको ठुलो पंतिलाई पार्टीमा जोड्न जनताका मुद्दा उठाउनु पर्ने उहाँले बताउनुभयो । त्यो काम जनसंगठनले गर्नुपर्ने पोखरेलको धारणा छ ।
पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता तथा प्रदेश जनसंगठन संयन्त्र तथा समन्वय प्रमुख दावा दोर्जे लामाको अध्यक्षतामा बैठक भएको हो । बैठकमा पार्टीका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराई ,अध्यक्ष कैलाश ढुङ्गेल लगायत पदाधिकारीहरू सहभागिता थियो ।
बैठकमा नेकपा एमाले बागमती इन्चार्ज डा. राजन भट्टराईले जनसंगठनमा बसेका साथीहरुले परिभाषित जिम्मेवारी पुरा नगर्दा अहिले समस्या आएको बताउनुभयो ।
कार्यक्रममा एमाले बागमतीका सचिव नवराज सिलवाल लगायतका नेताहरुको सहभागिता रहेको प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।
प्रतिक्रिया