एमाले सिन्धुली-काठमाडौ सम्पर्क मञ्चले मिलायो उपचारमा २० प्रतिशत छुट

Bagmati

काठमाडौः नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाको पहलमा नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्च र भक्तपुर इन्टरनेशनल हस्पिटलका बीच विरामीहरुलाई २० प्रतिशत छुट दिने संझौतापत्रमा आज हस्ताक्षर भएको छ ।
सम्पर्क मञ्चकी अध्यक्ष बिना श्रेष्ठ र अस्पतालका कार्यकारी अधिकृत रामजी श्रेष्ठ बीच सिन्धुली जिल्लाका बिरामीहरुको उपचारमा २० प्रतिशत छुट दिने सहमति पत्रमा हस्ताक्षर भएको एमाले नेता कैलाश कार्कीले जानकारी दिनुभयो ।
कार्कीले दिनुभएको जानकारी अनुसार पार्टीका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाको पहलमा अस्पताल प्रशासन र सम्पर्क मञ्चका बीच सिन्धुलीका विरामीलाई उपचारलगायत सबै सेवामा २० प्रतिशत छुट दिने व्यवस्था भएको हो ।
सो अबसरमा सम्पर्क मञ्चका पदाधिकारी लगायतको सहभागिता रहेको थाहा लागेको छ । मञ्चले विगतदेखीनैं सिन्धुलीलाई केन्द्रमा राखेर बिभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]