उत्पीडित जातीय मुक्ति समाज रामेछापको अध्यक्षमा कुलबहादुर बसेल निर्वाचित 

Bagmati

रामेछाप । नेपाल उत्पीडित जातीय मुक्ति समाज रामेछापको पाँचौँ जिल्ला सम्मेलन बुधबार मन्थलीमा सम्पन्न भएको छ । 

सम्मेलनबाट कुलबहादुर रोक्का (रत्न) को अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष कृष्णकुमार बिक, सचिवमा छत्र मंग्रती, उपसचिव निर्मला बर्माशाखा र कोषाध्यक्ष  शंखर नेपाली निर्वाचित हुनुभएको छ । 

संगठनका जिल्ला अध्यक्ष सम्बरबहादुर नेपालीको अध्यक्षता तथा केन्द्रीय सदस्य मानबहादुर बिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गीता कार्की, प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, पार्टी उपसचिव एवं जनसंगठन संयन्त्रका संयोजक मिलनकुमार घिसिङ, संगठनका जिल्ला इञ्चार्ज सिताराम लोहार लगायतले मन्तव्य राख्नु भएको थियो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]