राष्ट्रिय युवा संघ नेपाल सुनापति गाउँपालिका कमिटी अध्यक्षमा सुमन खड्का निर्वाचित 

Bagmati

रामेछाप । राष्ट्रिय युवा संघ नेपाल रामेछापको सुनापति गाउँपालिका कमिटी अध्यक्षमा सुमन खड्का निर्वाचित हुनुभएको छ । 

पालिका कमिटीको तेस्रो अधिवेशनबाट खड्काको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा रविन लामिछाने मगर, सचिवमा रिजन रायमाझी, उपसचिवमा रसु गौतम र कोषाध्यक्षमा कविन राय निर्वाचित हुनुभएको छ । 

त्यस्तै सदस्यहरूमा पेमा तामाङ, कुमार चौलागाईँ, सुजन गौतम र नारायण चौलागाईँ निर्वाचित हुनुभएको छ । 

राष्ट्रिय युवा संघ नेपाल सुनापति गाउँपालिका कमिटी अध्यक्ष मिलन केसीको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा संघको स्थायी कमिटी सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज राजकुमार खडका, केन्द्रीय सदस्य एवं नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्य गणेश बज्र लामा, नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्यहरू मीनप्रसाद गौतम, शिव गौतम, मिरा रायमाझी, मुकेश योञ्जन, संघका वाग्मती प्रदेश कमिटी सदस्य सचिन गौतम, जिल्ला कमिटी उपाध्यक्ष शिवसागर मगर, सचिव रामहरि कार्की, नेकपा एमाले सुनापती पालिका कमिटी अध्यक्ष रोज ग्यापक, सचिव केशरमान लामा, संघको जिल्ला कमिटी सदस्य सुदर्शन तिमल्सिना लगायतको सहभागिता थियो । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]