सिन्धुली: नेकपा एमाले दुधौली नगरकमिटी सिन्धुलीले एक विज्ञप्तीजारीगर्दै दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीमाथि लागेको गंभीर आरोपको निश्पक्ष छानवीनगरी पिडितलाई न्याय दिलाउन माग गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का वागमती प्रदेश कमिटी सदस्य समेत रहेका नगरप्रमुख अधिकारीले बलात्कारगरी बच्चा जन्मिएको भन्दै १८ वर्षीया एक किशोरीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि एमाले दुधौली नगरकमिटीले आज एक प्रेस विज्ञप्ती मार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।
अध्यक्ष खेटराज अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छः हाम्रो पार्टी महिला अधिकार र मानव अधिकारको सम्मान प्रति प्रतिवद्ध छ । सुशासन, सामाजिक न्याय र जवाफदेहिता सहित स्थानीय सरकार सञ्चालन होस् भन्ने मान्यतामा विश्वास राख्दछ भन्दै अध्यक्ष अधिकारीले छानवीन प्रक्रियालाई सघाउन आग्रहसमेत गरेकाछन् ।
जारी विज्ञप्तीमा अगाडि भनिएको छः जननिर्वाचित प्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्दछ र उनीहरुको आचरण, जीवनशैली र व्यवहार जनअपेक्षित, स्पष्ट र पारदर्शी हुनुपर्छ भन्ने कुरा एमालेको दृढ मान्यता रहेको उल्लेख गरेकाछन् ।
दुधौली नगरपालिकाका नगरप्रमुख विरूद्ध बालिका बलात्कारको अभियोग सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी परेको र सोही विषयमा विभिन्न सञ्चार माध्यमा प्रकाशन प्रसारण भएको समाचारले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
आफूमाथि लागेको अभियोगको सत्यतथ्य छानवीनमा सघाउनुको नगरप्रमुख सम्पर्क बिहिन भएपछि एमालेले सो घटनाको अविलम्ब छानबिन गरी दोषिमाथि कानूनी कारवाही गर्न र पीडितलाई न्याय दिन मागसमेत गरेको छ ।
‘निर्दोष व्यक्ति फस्न हुँदैन र दोषीले उन्मुक्ति पाउनु हुन्न’ भन्ने हाम्रो पार्टीको स्पष्ट मान्याता रहेको भन्दै विज्ञप्तीमा अभियोगको सवालमा सम्बन्धित निकायमा सत्यतथ्य र निश्पक्ष न्यायीक निरुपरणका लागि निरन्तर खबरदारी गर्नसमेत दुधौली नगरवासी समक्ष अपिल गरिएको छ ।
प्रतिक्रिया