
काठमाडौं । नेकपा एमाले रसुवाले पार्टीमा योगदान गर्ने पुराना नेताहरूलाई सम्मान गरेर पार्टीको ७६ औँ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा कालिकास्थानमा आयोजित कार्यक्रममा पार्टीमा निरन्तर योगदान गर्नुभएका ५ जना नेताहरूलाई पार्टीले सम्मान गरेको छ । जसमा उत्तरगया गाउँपालिकाका नरबहादुर गुरुङ, कालिका गाउँपालिकाका पदमबहादुर झारी मगर, नौकुण्ड गाउँपालिकाका टीकानाथ न्यौपाने, गोसाईंकुण्ड गाउँपालिकाका कामीयाङजेन तामाङ र आमाछोदिङमो गाउँपालिकाका गोण्डा तामाङ रहनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रसुवाले गरेको राजनीतिक, सांगठानिक र रचनात्मक गतिविधिको उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।

पार्टीका जिल्ला अध्यक्ष कैसाङनुर्वु तामाङको अध्यक्षतामा भएको काक्रम पार्टी पोलिटब्युरो सदस्य ईश्वरी रिजालको प्रमुख आतिथ्यतामा भएको पार्टी सचिव पेम्बा तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया