एमाले जुट्यो बैशाख ११ तयारीमा 

Bagmati

काठमाडौं । नेकपा एमाले बैशाख ११ गते हुने लोकतन्त्र दिवसको तयारीमा जुटेको छ । 

लोकतन्त्र दिवसको अवसरमा एमालेले काठमाडौंको भृकुटी मण्डपमा जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम गर्दै छ । सो दिन पार्टी र जनसंगठन आबद्ध युवाको उल्लेख्य सहभागिता जनाउने गरी कार्यक्रम गर्न आवश्यक तयारीमा लागिएको पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो । 

कार्यक्रम सहिजिकरणको नेतृत्व गरिरहनुभएका ढुङ्गेलले सेलिब्रेसनलाई सफल बनाउन पार्टीबाट काठमाडौंमा निर्वाचन जितेको जनप्रतिनिधिको भेला भएको जानकारी दिनुभयो । 

आजै जनसंगठनका केन्द्रीय पदाधिकारीको भेला पनि राखिएको छ । आज पार्टीको सम्पर्क, समन्वय कमिटीसँग बैठक पनि आयोजना गरिएको ढुङ्गेलले जानकारी दिनुभयो । 

बैशाख ११ लाई विशेष उत्सवको रूपमा मनाउन नेकपा एमालेले युवा सहभागिताको आह्वान गरेको छ । कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी युवा लक्षित विभिन्न कार्यक्रम र कन्सर्ट आयोजना गरिने भएको छ । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]