
रामेछाप । राष्ट्रिय युवा संघ नेपाल लिखु तामाकोसी गाउँपालिका कमिटीको तेस्रो पालिका अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले सुजल बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्मत रूपमा भएको निर्वाचनबाट उपाध्यक्षमा राजन गिरी र सचिवमा सुमन खड्का निर्वाचित हुनुभएको छ ।
त्यस्तै उपसचिवमा सुरज तामाङ र भक्तकुमारी थापा मगर निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा अनिता थापा मगर चुनिनु भएको छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यता तथा पालिका कमिटी अध्यक्ष दीपबहादुर पाख्रिनको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्की, राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य राजकुमार खड्का, केन्द्रिय सदस्य मोहन कडरिया, जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर कार्की, जिल्ला उपाध्यक्ष शिवसागर मगर, सचिव रामहरि कार्की, नेकपा एमाले लिखु तामाकोसी गाउँपालिका कमिटी अध्यक्ष केशरबहादुर पौडेल, लिखु तामाकोसी गाउँपालिका उपाध्यक्ष दीपा पाख्रिन, वडाध्यक्ष सन्तोष पौडेल, गाउँपालिका कमिटीका नेताहरू, जनसंगठनका नेताहरू लगायतका सहभागिता थियो ।
प्रतिक्रिया