
काठमाडौं । नेकपा एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी निर्वाचित हुनुभएको छ ।
गिरी मतदान प्रक्रियाबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचित गिरीले १ सय ७३ मत पाउनुभएको छ । अर्का प्रतिस्पर्धी रोहित कोइरालाले १ सय २१ मत पाउनुभएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा सुरज न्यौपाने १ सय ४५ मत ल्याइ निर्वाचित हुनुभएको छ । अर्का प्रतिस्पर्धी राम पोखरेल १ सय ३६ मत पाउनु भएको छ ।
यसै गरी सचिवमा विज्ञान चापागाईँ १ सय ८३ मत ल्याई निर्वाचित हुनुभएको छ । अर्का प्रतिस्पर्धी नवराज काफ्लेले १ सय ४ मत पाउनु भएको छ ।
उपसचिवमा हमिद आजादले १ सय ७८ मत ल्याएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी शेखर विश्वासले ९८ मत पाउनु भएको छ । महिला उपसचिव हिमा मैनाली पोखरेल १ सय ६९ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कला डाँगीले १ सय ११ मत पाउनु भएको छ ।
अधिवेशनबाट सदस्यहरू भने सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया