
काठमाडौं । नेकपा एमालेले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन सोमबार देशव्यापी जागरण र्याली गरेको छ ।
देशभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा गणतन्त्रका पक्षमा जागरण सभा र मोटरसाइकल र्याली गरिएको हो । काठमाडौंमा पार्टीले विशाल मोटरसाइकल र्याली गरेको छ ।
राजावादीको सक्रियता बढेपछि त्यसको प्रतिवाद गर्न एमालेले देशव्यापी अभियानको घोषणा गरेको थियो । वाग्मती प्रदेशका सबै जिल्लाहरूमा भएको जागरण सभा तथा हत्या, हिंसा लुटपाट बन्द गर, जन्मसिद्ध अधिकार अस्वीकार गरौँ, दास र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, सामाजिक अराजकता अन्त्य गर भन्ने लगायतका नारा लगाइएका थिए ।
प्रतिक्रिया