झुटो प्रचारका विरुद्ध पर्दाफास अभियान सञ्चालन गर्नुपर्छ : डा. राजन भट्टराई

Bagmati

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले एमाले सरकामा रहँदा वा नरहँदाको भिन्नता नागरिकले अनुभूति गरेका बताउनुभएको छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ वाग्मती प्रदेश कमिटीको बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै एमाले वाग्मती प्रदेश इञ्चार्ज समेत रहनुभएका भट्टराईले एमाले सरकारमा गएपछि देशमा विकास र समृद्धिको काम अघि बढेको बताउनुभयो । संविधान निर्माणका काम होस् वा पूर्वाधार निर्माण र सामाजिक विकासका काममा एमालेले नेतृत्वकारी भूमिका निर्वाह गर्दै आएको भट्टराईले दाबी गर्नुभयो ।
नेपालमा राजनीतिक परिवर्तन भइसकेकोले अब आर्थिक विकासको क्षेत्रमा काम गर्नुपर्नेमा भट्टराईले जोड दिनुभयो । ‘अबको विकास आर्थिक विकासको हो, भौतिक पूर्वाधार विकासको हो’, उहाँले भन्नुभयो ।
भट्टराईले सुशासनको मामिलामा नेकपा एमाले पहिलो पार्टी भएको बताउनुभयो । भ्रष्टाचारको मुद्दामा कुन कुन पार्टीका कुन तहका नेताहरू जेल परे भन्ने कुरालाई हेर्दा पनि एमाले कस्तो पार्टी हो भन्ने कुरा सहजै देख्न सकिने उहाँले स्पष्ट पार्नुभयो । नयाँ भनिएको पार्टीका दुई/दुई पटक गृह मन्त्री भएका पार्टी सभापति रवि लामिछानेले कति पटक कतिवटा मुद्दा खेपिरहेका छन् भन्ने कुरा दुनियाँको सामु रहेको उहाँले बताउनुभयो । ‘नेकपा एमालेका नेताले यति खराब काम गरेका थिए भने उनीहरूले के बाँकी राख्थे’, उहाँले भन्नुभयो ।
यति बेला नेकपा एमालेका विरुद्ध विभिन्न खालका झूटा प्रचार भइरहेका बताउँदै उहाँले त्यसलाई चिर्न सिङ्गो पार्टी पंति लाग्नु पर्नेमा जोड दिनुभयो । झुटो प्रचारका विरुद्ध पर्दाफास अभियान सञ्चालन गर्नुपर्ने उहाँको धारणा छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ वाग्मती प्रदेश कमिटीका अध्यक्ष वासु श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपाध्यक्ष दावादोर्जे लामा, उपसचिव भक्तकुमारी लामा, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका देवराज राई लगायतको सहभागिता रहेको थियो ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]