
काठमाडौं । अनेरास्ववियु इलामको २४ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट अशोक खतिवडाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । अनेरास्ववियु केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज मनोज ताम्लीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रिय सचिवहरू आरती भट्टराई, दीपक धामी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनले उपाध्यक्षमा गोपाल आचार्य र सुशान्त चापागाईँलाई निर्वाचित गरेको छ । सचिवमा विशाल कार्की निर्वाचित हुनुभएको छ ।
सहसचिवमा बिहानी राई, सुवास भण्डारी, शुक्रराज फागो, जेसिका नेम्बाङ र सुमन खत्री निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा सुनिल शंकर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया