एमाले केन्द्रीय कमिटी बैठकमा आज पार्टी अध्यक्षले जवाफ दिने 

Bagmati

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केहिबेर अघि सुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुस २१ गतेदेखि जारी बैठक  आज ११ बजे बस्ने कार्य तालिका रहेको भए पनि पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली खेलाडी सम्मान तथा पुरस्कार वितरण समारोहमा सहभागिता हुनुभएकोले केही ढिलो गरी सुरु भएको हो । 

बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । 

बैठकको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र  महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि आजै पार्टी अध्यक्ष ओलीले जवाफ दिनुहुने कार्यक्रम छ ।

आजै बैठक समापन गर्ने एमालेको तयारी छ । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: umlbagmatipublicitydept@gmail.com