काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन नागरिकलाई आह्वान गर्नुभएको छ ।
केही दिन यतादेखि नेपालमा लगायता भूकम्प गइरहेकोले सुरक्षित हुन प्रधानमन्त्रीले आग्रह गर्नुभएको हो । ‘हिजोआज विभिन्न भागमा साना–ठूला भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
मंगलबार बिहानै ६ः५१ बजे पनि काठमाडौं लगायत नेपालका विभिन्न भागमा भूकम्पको ठुलो धक्का महसुस भएको छ ।
नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौं सहित दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतका क्षेत्रमा ठुलो धक्का महसुस भएको थियो ।
भूकम्पको धक्का कोशी तथा मधेस प्रदेशमा पनि महसुस भएको छ । चीनको तिब्बत तथा भारतको सिक्किममा समेत भूकम्पको धक्का महसुस भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार भूकम्प ७ म्याग्निच्युड भन्दा बढीको गएको प्रारम्भिक रेकर्डले देखाएको छ ।
प्रतिक्रिया