काठमाडौं । एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किनुभएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
संविधान सभा सदस्य समेत रहनुभएका चेपाङ एकीकृत समाजवादीको आदिवासी जनजाति फाँटका सहइञ्चार्ज समेत हुनुहुन्थ्यो । उहाँ माधव नेपाल एमालेबाट फुटेर गएपछि एकीकृत समाजवादीमा जानुभएको थियो । सो पार्टीको भविष्य नभएको भन्दै उहाँ पुरानै पार्टी नेकपा एमालेमा फर्कनु भएको छ ।
प्रतिक्रिया