काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
नेपाल संवत् ११४५ का अवसरमा नेकपा एमालेको काठमाडौं महानगर कमिटीद्वारा आज वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने बताउनुभयो ।
‘कला, संस्कृति र सभ्यतामा धनी हामीले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानव जगतको कल्याणका लागि काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रतिक्रिया