ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर जिल्ला कमिटीको दोस्रो पूर्ण वैठक सम्पन्न भएको छ । पार्टी कार्यालय सातदोवाटोमा आज बसेको बैठकले पार्टीको आगामी एक बार्षिक कार्ययोजना पारित गरेको छ ।
एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका इञ्चार्ज राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यले बार्षिक कार्ययोजना प्रस्तुत गनुभएको हो ।
वैठकमा एमाले पोलिटब्यूरो सदस्य सुशिला नेपाल, केन्द्रीय कमिटी सदस्य तथा ललितपुर ईञ्चार्ज हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय कमिटी सदस्यहरु बाबुराम थापा र रुपनारायण श्रेष्ठ, पार्टी वागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, सचिव नवराज सिलवाल, एमाले बागमती प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष बाबुकाजी प्रधान आदिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया