काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशमा रहेको युवालाई पनि राजनीतिक काममा जोड्नु पर्ने बताउनुभएको छ ।
गृह जिल्ला दाङको तुलसीपुरमा आइतबार लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले नेपालमा रहँदा राजनीतिक कममा सक्रिय रहेका युवाहरू विदेश गएपछि निष्क्रिय हुने गरेका बताउनुभयो । नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय बन्दा पार्टीलाई हानी भएको पोखरेलको भनाइ छ । ‘विदेश गएका छोराछोरीलाई पार्टी काममा पनि लगाउनुस्,’ महासचिव पोखरेलले भन्नुभयो ।
एमालेले ४० वर्ष मुनीका युवालाई लक्षित गरी युवाहरूको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी पनि पोखरेलले दिनुभयो । पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरूलाई जोड्ने गरी प्रभावकारी योजना बनाएर काम गर्ने प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया