एमाले लिखु तामाकोसी पालिका कमिटीको आर्थिक सहयोग

Bagmati

असोज ६, रामेछाप ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका-५, भालुखोपका पहिरो पीडितलाई नेकपा एमाले लिखु तामाकोसी गाउँपालिका कमिटीले आर्थिक सहयोग गरिएको छ । 

गाउँपालिका कमिटी अध्यक्ष केबी पौडेलको नेतृत्वमा सहयोग सङ्कलन गरी पहिरोबाट अति प्रभावित तीन घर परिवारलाई ९ हजारका दरले २७ हजार रुपैयाँ उपलब्ध गराइएको एमाले नेता भीम तामाङले जानकारी दिनुभयो । पहिरो प्रभावित बाबुराम बुढाथोकी, मेखबहादुर बुढाथोकी र लीलाबहादुर बुढाथोकीलाई प्रतिपरिवार ९ हजारका दरले रकम प्रदान गरिएको उहाँले बताउनुभयो । 

त्यस्तै पहिरो पीडित सोही स्थानका अन्य ७ घर परिवारलाई पनि ३ हजारका दरले आर्थिक सहयोग गरिएको पार्टी गाउँपालिका कमिटी अध्यक्ष पौडेलले बताउनुभयो । उहाँहरूलाई २१ हजार रुपैँया प्रदान गरिएको छ ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]